Gold
Bangad salyan

गुर्भाकोट ९ मा समुदायस्तरमा देखियो कोरोना भोलिदेखि बजार बन्द गरिने ,

भदौ १४ ,सुर्खेत – गुर्भाकोट ९ मा कोरोना भेटिएपछि बोटेचौर बजार बन्द गरिने भएको छ ।

नगरपालिमा गत १२ गते समुदायस्तरबाट पठाईएको स्याम्पल परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि १५ गतेबाट बोतेचौ बजार बन्द गर्न लागिएको वडान ९ का वडा अध्यक्ष ससि भट्टराईले बताए।

१५ गते बिहान बाट बजार बन्द हुने र स्थानीय सबै नागरिक सुरक्षित रही अत्यावस्यक कामबाहेक बाहिर ननिस्कन भट्टराईले आग्रह गरेका छन् ।

गुर्भाकाेट ९ बाेटेचाैर बजारमा २ जनालाई कोरोना संक्रमण देखिएको छ भने गुर्भाकाेट नगरपालिकामा अन्य वडामा गरि ८ जना नयाँ काेराेना संक्रमित थपिएका छन्।

नगरपालिका बजारलाई सिल गरि संक्रमितको कन्ट्रयाक ट्रेसिङ परिक्षण गरिने भट्टराईले बताए।

गुर्भाकोटका अन्य वडामा कोरोना संक्रमण देखिएपनि वडान ९ मा भने यो पहिलोपटक हो।

केहि महिना सम्म कोरोन मुक्त बनेको गुर्भाकोट नगरपालिकामा पुन : कोरोना देखिनुले खतरनाकको घन्टी प्राप्त भएको बुझिन्छ।