पोखरामा ८ वर्षकी बालिकाले फुडबैंक खोलेर गर्दैछिन समाजसेवा यो हेर्नुहोस ,
भदौ १७ ,काठमान्डौ – पोखरामा एक ८ वर्षीय बालिका समाजसेवाको काम गरिरहेको देख्दा सबैलाई अचम्म लाग्छ तर यो सत्य हो।
पोखरा १७ बिरौटाकी प्रेन्सा रेग्मी मानव सेवामा लागेर लकडाउनकोबेला विभिन्न ठाँउमा पुगेर बाटोमा हिड्ने सर्वसाधारणलाई निशुल्क रुपमा मास्क ,पानि वितरण गर्ने गरेकी छिन।
उनले त्यो सबै खर्च आफुले जुकाट गरेकी हुन् ,सुरुमा आफुलाई घरमा टिका लगाएको पैसा जम्मा गरेर आफुले गरिब दिन दुखिलाईस सेवा गर्ने सोच आएको प्रेन्साले बताईन।
उनले अहिले पोखरमा फुडबैंक समेत खोलेकी छिन ,दैनिक जस्तो असहाय गरिन दिन दुखिलाई उनले दैनिक उपभोग्य खाद्यान्न चामल , नुन ,तेल सप्लाई गरिरहेकी छिन।
साथै सहयोग गर्न चाहनेल प्रेन्साको फुडबैंकमा पुगेर नकुहिने दैनि उपभोग्य चिज उपलब्ध गराउन सक्ने पनि उनले बताएकि हुन्।
भोक केन्द्र उपचार केन्द्र सबैको घरमा चुलो बलोस ,सक्नेले दिएर जाउ नहुनेले लिएर जाउ सहितको ब्यानर टाँसेर उनले फुडबैंक खोलेकी छिन। उनको फुडबैंकमा दैनिक जस्तो आएर नागरिकले उपभोग्य चिज लगेर जाने गरेका छन्।
तस्विर शिशिर भण्डारी ,

