बागलुङ बाढी प्रभावित क्षेत्रकोको निरिक्षण गर्दै गृहमन्त्री थापा बादल,
भदौ १९ ,काठमान्डौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बागलुङको ढोरपाटन बाढी प्रवाधित क्षेत्रमा राहत लगेर पुगेका छन्।
मन्त्रि बादलले ढोरपाटन नगरपालिकाको वडान ७, ८ र ९ मा गएको बाढीको स्थलगत निरिक्षण गरेका हुन्।
ढोरपाटनमा बिहिबार राति १२ बजे बोबाङ, फलेघर र सुपुर्दुङ क्षेत्रमा गएको बाढीबाट २४ जना वेपत्ता छन् जस मध्ये १२ जनाको शव फेला परेको छ।
गृहमन्त्री थापासहित सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलपनि ढोरपाटन पुगेका छन् ।
उनीहरुले बाढीमा ज्यान गुमाएका ८ जनाको परिवार र प्रभावितलाई राहत वितरण गरेका हुन् ।

