Gold
Bangad salyan

उपत्यकामा थपिए ३५४ संक्रमित काठमान्डौमा २९० ,

भदौ २१ ,काठमान्डौ -आज काठमान्डौ लगायतका उपत्यकामा ३४५ नँया कोरोना भाईरसका बिरामी थपिएका छन्। जसमा काठमान्डौमा मात्र २९० जना ,भक्तपुरमा ३२ र ललितपुरमा ३२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

गत २४ घन्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ३८२ स्वाब परिक्षणमा २९० महिला ६९० पुरुष गरि ९८० जना नँया कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो समय ९ जनाको कोरोनाका कारण निधन भएको छ भने हाल सम्म कोरोनाबाट निधन हुनेको संख्या २८९ पुगेको हो।