Gold
Bangad salyan

आज सुर्खेतमा मात्र थपिए ४४ जना कोरोना संक्रमित ,

भदौ २१ ,काठमान्डौ – कर्णाली प्रदेशको सुर्खेतमा मात्र आज ४४ जना कोरोना संक्रमित थपिएका छन्।

तेस्तै कालिकोटमा १ ,जाजरकोटमा २ दैलेखमा २ , जुम्लामा ५ जना गरि कर्णालीमा थप ५४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कर्णालीमा आहाल सम्म ३९३ जना क्वारिनटिनमा रहेका छन् भने २ हजार २७९ जना डिस्चार्ज भईसकेका छन्।

हाल कर्णाली प्रदेशमा ३७७ जना सक्रिय बिरामी छन् भने ४३ जना होमआइसोलेसनमा उपचार भईरहेको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानकारी दिए।

कर्णालीमा ३ जनाको आईसोलेसनमा उपचार भईरहेको छ भने ६ जनाको निधन भईसकेको छ।कर्णालीका मुगु ,हुम्ला ,डोल्पा जिल्ला कोरोना मुक्त भईसकेका छन्।