Gold
Bangad salyan

कर्णाली प्रदेशका सांसद श्रेष्ठलाई कोरोना पुष्टि,

भदौ २२ ,सुर्खेत – कर्णाली प्रदेश सभाका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा श्रेष्ठलाई संक्रमण पुष्टि भएको हो।आफुलाई कोरोना पुष्टि भएपनि कुनै लक्षणभने देखा नपरेको श्रेथाले बताए।

आफुलाई दिनहु कार्यकर्ताहरु भेट्न आउने गरेपछि स्वाब परिक्षण गर्दा कोरोना संक्रमण फेला परेको र आफ्नो सम्पर्कमा आएका हरु सबैलाई पीसीआर परीक्षण गर्न आग्रह गरे।