कुलमानको कार्यकाल २ वर्ष थप्ने तयारी,
भदौ २४ ,काठमान्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल थप गर्ने प्रस्ताव ऊर्जामन्त्री वर्षमान पुनले बिहिबारको मन्त्रिपरिषदमा पेश गर्न लागेका छन्।
कुलमानको कार्यकाल अब यहि भदौ २९ गते सकिदै छ। खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख बनेका कुलमानको कार्यकाल थप्न नागरिकले समेत चौतफी दबाब दिएका छन्।
सम्भवत ऊर्जा मन्त्रीले लागेको प्रस्तावलाई बिहीबारको मन्त्रिपरिषदले निरन्तरता दिने उर्जा मन्त्रिक संयोजक दयानिधी भट्टले जानकारी गरे। सरकारले प्राधिकरणमा नयाँ नियुक्ति गर्न अहिलेसम्म विज्ञापन गरेको छैन। यस्तोमा कुलमानको म्याद थप हुने लगभग निश्चित रहेको स्रोतले बतायो।
स्रोतका अनुसार कुलमानको म्याद थपका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरिसकेका छन्।
कुलमानलाई प्रचण्डले आफ्नो सरकारको पालामा विद्युत प्राधिकरणको जिम्मा दिएका थिए। प्रचण्डले नै ऊर्जामन्त्री वर्षमान पुनलाई कुलमानको म्याद थपको प्रस्ताव अगाडि बढाउन निर्देशन दिएको स्रोतले बताएको हो ।
स्रोतका अनुसार कुलमानको म्याद थपसँगै रिक्त संवैधानिक निकायहरूमा नियुक्ति विषयमा ओली र प्रचण्डबीच छलफल भएको छ। प्रधानमन्त्री ओलीले भने यो विषयमा अहिले सम्म कुनै मुख खोलेका छैनन्।
कुलमान विधुत प्राधिकरणको प्रमुख बनेपछि नागरिकले २२ घन्टाको लोड सेडिङ्गबाट मुक्त भएका छन्। घाटामा रहेको प्राधिकरणलाई कुलमानको कार्यकालले नाफामुलक बनाएको छ। कुलमान बाहेक विधुत प्राधिकरणको कार्यकारी दोश्रो ब्याक्ति हुन नसक्ने र सरकारले कुनै तेस्तो चलाखी गरे नागरिकले विरोधको तयारि गरेका छन्।

