मन्त्रिपरिषद् बैठक स्थगित कुलमानको कार्यकालबारे निर्णय गरिदै ,
भदौ २५ ,काठमान्डौ – आज साँझा बोलाईएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहेकोले मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गरेको हो ।
मन्त्रिपरिषद्को आगामी बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको कार्यकाल नियुक्तिबारे आजको मन्त्रिपरिषद्को बैठकमा पेश गर्न लागेका थिए।
कुलमानको कार्यकाल अब यहि भदौ २९ गते सकिदै छ। मन्त्री पुनले सार्वजनिक रूपमा कुलमान घिसिङलाईनै निरन्तरता दिइने भनिसकेका छन् । तर कति समयका लागि नियुक्ति गर्ने भन्ने यकिन भएको छैन ।
भोलिको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको प्रमुखमा कुलमानलाई’दुई वर्षका लागि फेरि जिम्मेवारी दिने कि चार वर्षका लागि भन्ने यकिन भइसकेको छैन । स्रोतका अनुसार कुलमानको म्याद थपसँगै रिक्त संवैधानिक निकायहरूमा नियुक्ति विषयमा ओली र प्रचण्डबीच छलफल भएको छ।
प्रधानमन्त्री ओलीले भने यो विषयमा अहिले सम्म कुनै मुख खोलेका छैनन्। मन्त्री निकट स्रोतका अनुसार कुलमानको जिम्मेवारी थप्ने भन्ने विषयमा भने छलफल चलिरहेको छ ।

