Gold
Bangad salyan

निषेधाज्ञामा चुलो बल्न छोडेका घर घरमा खाद्यान लिएर पुगे तरुणदल अध्यक्ष बिष्ट ,

भदौ २५ ,सुर्खेत – कोरोना महामारीमा सरकारले गरेको लकडाउन र निषेधाज्ञामा परि छाक टार्न मुस्किल परेका निम्न गरिव परिवारलाई सुर्खेत तरुणदल अध्यक्ष हरि बिस्टले खाद्यान्न उपलब्ध गराउदै आएका छन्।

सरकारको ध्यान नपुगेका र वेवास्था गरिएका निमुखाको घर घरमा पुगेर बिष्टले खाद्यान्न सहयोग गरेका हुन् । आज मात्र सुर्खेत विरेन्द्र नगरपालिका वडान ५ कालिका मन्दिर नजिक ७ जनाको परिवार रहेको पवित्रा नेपालिलाई बिष्टले २५ केजीको एक बोरा चामल ,दाल तेल नुन उपलब्ध गराएका छन्।

श्रीमान बिरामि गिट्टि र दाउरा बेचेर जिबिका चलाउने पवित्रा परिवारको घर नाजुक छ घरमा चुलो बल्ल छोडेपछि अध्यक्ष बिष्टलाई फोन गरेर आफ्नो पिडा सुनाएपछि तत्कालै हरि बिष्टले खाद्यान उपलब्ध गराएका हुन्।

गत वर्षको चैत ११ गतेबाट गरिएको लकडाउनमा काम गर्न नपाई जोहो गर्ननसक्ने पिडित परिवारलाई आवस्यकता अनुसार बिष्टले खाद्यान्न ,ग्यास,भाडा तिर्न नसक्दा घरबेटीले निकालेका परिवारलाई बस्ने वेवास्था गर्दै आईरहेका छन्।

यो उनको दोश्रो चरणको खाद्यान वितरण हो। साथै दिन नलागोस खान पुगोस भन्दै कसैको घरमा चुलो बल्न गारो भएको अवस्थामा आफुलाई सम्झिन समेत अध्यक्ष बिष्टले आग्रह गरेका छन्।