Gold
Bangad salyan

प्रधानमन्त्रीको पुरानै चलन आजको नेकपा स्थायी कमिटी बैठक छोडेर बाहिरिए ,

भदौ २६ ,काठमान्डौ – नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारि छ ।

शुक्रबार बिहान ११.३० बजेपछि सुरु बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार पारेको प्रस्तावमाथि छलफल भइरहेको एक नेताले बताए ।

बैठक सुरु भएको केहि छिनमै प्रधानमन्त्री ओली बाहिरिएका थिए ,बैठक चलाउने जिम्मा अर्का अध्यक्ष प्रचण्डलाई दिईएको छ ।

हिजो बस्ने भनेको स्थायी बैठक स्थगित गरेर आजलाई बोलाईएको हो। आन्तरिक विवादका कारण झण्डै डेढ महिना अघि स्थगित बैठक विवाद समाधानउन्मुख भएपछि शुक्रबार बसेको हो ।

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ ।

गत साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्ष ओली र प्रचण्डले बैठकका एजेण्डा तयार गरेका छन् ।

कार्यदलले तयार पारेको एजेण्डामा दुई अध्यक्षको जिम्मेवारीबारे प्रस्ट पार्ने देखि चैतमा महाधिवेशन गर्ने, निश्चित मापदण्डका आधारमा मन्त्रि तथा राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताका बाँकी काम असोज महिनामा सक्ने,लगायतका विषय समेटिएका छन् ।