भक्तपुरमा एक घरमा तिन जनाको शव फेला ह,त्या भएको अनुमान ,
भदौ २६ ,काठमान्डौ – भक्तपुर मध्यपुर थिमि नगरपालिका,९ निकोसेरास्थित एकै परिवारका ३ जना मृ,त अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार शुक्रबार साँझ एका घरमा सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा शुशान्तको शव फेला परेका हो ।
साथमा एक कुकुरपनि मृ,त अवस्थामा फेला परेको छ।शव गन्हाएको अवस्थामा फेला परेकाले केहिदिन अगाडीनै कसैले ह,त्या गरेको हुनसक्ने महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए।
घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखाको टोलीले अनुसन्धान गरिरहेको छ।

