Gold
Bangad salyan

कर्णाली दैलेखमा बारीमा बाँधेर राखेका गोरुका खुट्टा काटेर विभत्स ,

भदौ २६ ,सुर्खेत – कर्णाली प्रदेशको दैलेख जिल्लाको भैरवी गाउँपालिका,२ रावतकोटका कमल थापाका बारीमा बाँधेका दुवै गोरुको खुट्टा खुट्टा छिनाईएको अवस्थामा फेला परेका छन्।

बारीमा बाँधेर राखेका गोरुलाई कसले यसरि निर्मम तरिकाले काट्यो भन्ने विषयमा भने अनुसन्धान चलिरहेको छ। बिहिबार आफुले बाँधेको बारीबाट माथिल्लो बारीमा गोरु सार्न पुगेका थापा पुग्दा गोरुको हालत देख्दा उनि बेहोस भए।

उनका अनुसार एउटा गोरूको दुइटै खुट्टा छिनाइदिएका छन्, मुखमा पनि धारिलो हतियारले छियाछिया पारेर काटिएको छ।

अर्को गोरूको एउटा खुट्टा र पुच्छर छिनाइएको छ भने मुख र जुरोमा छियाछिया हुनेगरी धारिलो हतियारले काटिएको छ।

बोल्न नसक्ने प्राणिलाई कसले यस्तो के रिसले गर्यो भन्ने भने अवस्था नरहेको थापाले बताए। थापाले आफू जाहेरी दिन जिल्ला प्रहरी कार्यालय जान थालेको बताए।

प्रहरीले थप अनुसन्धान र सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको बताएको छ। एक जनाको कान र सर्टमा रगट लागेको भेटिएपछि सोधपुछका लागि उनीसहित दुई जना प्रहरीको नियन्त्रणमा रहेको छन् ।पक्राउ पर्नेमा छिमेकी राजु विष्ट र भीमबहादुर विष्ट छन्।

पक्राउ परेकाहरूलाई सोधपुछका लागि गाउँपालिकामा रहेको प्रहरी चौकीमा राखिएको भैरवी गाउँपालिका,२ का वडा अध्यक्ष हरि बहादुर थापाले जानकारी दिए। गोरु पिडित मालिक थापाका अनुसार यो घटनामा जाहेरी दिदै छु ,प्रहरीलेपनि अनुसन्धान थालेको छ ,एक जना अलि शंका लागेको मान्छे छ हिजो मात्र उ संग केहि विवाद भएको उनले बताए।

कानूनअनुसार यस्तो कार्य गर्ने व्यक्तिलाई कैद र जरिवाना दुवै सजाय हुन्छ। मुलुकी अपराध संहिताको दफा २८९ मा यस्तो कार्यलाई पशुपंक्षीसम्बन्धी कसूरका रूपमा व्याख्या गरिएको छ।

बोल्न नसक्ने यस्तो प्राणिलाई मार्ने वा चोट पुर्याउनेलाई गोरु ,गाईमार्नेलाई कानुनको २८९ को उपदफा १ मा ३ वर्ष समको कैद सजाय छ। तेस्तै गाई गोरुलाई कुटी अंग भंग पार्ने ब्याक्तिलाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिमाना हुने कानुनमा उल्लेख छ।