फेरी पनि आफ्नै प्रमाण केर्नेलाई देखेें,
भदौ २७ ,काठमान्डौ –
उनको अनि मेरो फेरी, झोलि फरक छ ।।
मैले बोक्ने उनले बोक्ने, सोलि फरक छ ।
जति नरम मुटु पनि त्यहाँ, गए कठोर हुन्छ ।।
मेरो गाउँ उनको शहर, चोली फरक छ ।
जसलाई धेरै विश्वास गर्यो, उसले घात गर्ने ।।
अस्ती हिजो आज फेरी, भोली फरक छ ।
पहिले तिमी नजिक आयौ, आफ्नै सम्झि माया गरें ।।
तिम्रो खुसी मेरो पीडा, बोली फरक छ ।
थप,,
माया देखाई अपराध गरी, हार्नेलाई देखें ।।
आशा अनि भरोसामा, पार्नेलाई देखें ।
घायल मुटु ढुकढुक गर्दा, म उनको मलम ।।
पर्दामा जस्तै नाटक अहिले, गर्नेलाई देखें ।
विडम्बना कस्तो थियो, भन्न किन सकिनौ त ।।
जहाँ राम्रो त्यही माया, फेर्नेलाई देखें ।
आशातित देखायौ त किन, हिजो मलाई ।।
फेरी पनि आफ्नै प्रमाण, केर्नेलाई देखेें ।
मान सिंह ठकुरी
कर्णाली प्रदेश सुर्खेत सिम्ता गाँउपालिका ३ आग्रीगाँउ ,

