गुर्भाकोट नगरपालिका वडान १० र ११ का ८० घर परिवारलाई खाद्यान वितरण ,
भदौ २६ ,सुर्खेत – कोरोना महामारीमा परेका गुर्भाकोट नगरपालिका वडान १० र ११ का अति विपन्न गरिब ८० घर परिवारलाई खाद्यान वितरण गरिएको छ।
ख्रिस्टियन अमेरिकन नागरिक र गुर्भाकोट १० नेकपा वडा कमिटि अध्यक्ष टिकाराम गरिकोको समन्वयमा सामाजिकदुरी कायम गर्दै आज खाद्यान वितरण गरिएको हो।
राहतमा उनीहरुलाई २५ केजीको एक कठ्ठा चामल ,दाल ,तेल ,नुन वितरण गरिएको थियो। जिल्ला कमिटि सदस्य जनक रेग्मी र थमन खत्रिले विपन्न परिवारको नाम लिस्ट अमेरिकन उधोगि नागरिकलाई बुझाएका थिए ।
समस्याग्रस्त जनताको पहिचानका आधारमा राहात बितरण गरिएको वडान ११ का दिर्घ थापाले जानकारी दिए। थप छुटेका विपन्न परिवारलाई पुन: राहत उपलब्ध गराईने उनले बताए।

