गुर्भाकोट नगरपालिकामा महिनौ देखि अवरुद्द टेलिफोन सेवा समाधान हुनसकेन,
असोज १ ,सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिकामा महिनौदेखि टेलिफोन सेवा अवरुद्द भएपनि समाधान हुनसकेको छैन ।
गुर्भाकोट नगरपालिकाको वडान १ राम्रीकाँडा,नादेकोट, धारापानी ,सहारे मालारानी लगायतका क्षेत्रमा नेपाल टेलिकम सेवा अवरुद्द हुने गरेको छ।
स्थानीयका अनुसार भने यो पुरानै समस्या हो ,अहिले सम्म कसैले पनि समस्या समधानको लागि पहल गरेको छैन।
बिहान ९ बजे सम्म फोन नलाग्ने सम्पर्क गर्दापनि फोन कट्ने,आवाज प्रस्ट नबुझिने ,मोबाईलमा सिग्नल नदिने जस्ता समस्याले स्थानीय नागरिक दिक्क परेको बताउछन।
तेस्तै साँझ ७ बजेदेखिनै टेलिकम सेवा अवरुद्द हुने गरेको बिहान ९ बजेपछि मात्र फाट्ट फुट्ट फोन लाग्ने तर टोल क्षेत्र ,गहिरो स्थानमा भने फोननै नलाग्ने गरेको स्थानीय नागरिकले बताए ।
समस्या समधानको लागि हाल सम्म नगरपालिका प्रदेश सरकार कसैलेपनि पहल नचालेको नागरिकले गुनासो गरे।
जन निर्वाचित माननीय सांसद ,मेयर ,उपमेयरले नागरिकलाई वडा विद्यालयमा फोरजी सेवा ,फ्री वाईफाई उपलब्ध गराउने खालि भाषणमा मात्र सिमित रहेको नागरिकले बताए। अबरुद्द फोन सेवा भने तत्काल समाधान गर्न उनीहरुको माग छ।

