कांग्रेस सभापति देउवा आइसोलेसनमा कोरोना परिक्षण हुँदै,
असोज १ ,काठमान्डौ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि देउवा होम आइसोलेसनमा बसेका छन् ।
सभापति देउवाको शुक्रबार स्वाब परीक्षण गरिने स्वकीय सचिव भानु देउवाले जानकारी दिए। यो संगै देउवाले बिहिबारको लागि तय गरेको सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीचको छलफल पनि स्थगित भएको कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।
उनका अनुसार देउवाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ देखिएपछि मात्र बैठक तय हुने छ। बिहीबार सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दलबीच संवैधानिक निकाय र विश्वविद्यालयमा रिक्त रहेका पदमा नियुक्तिका बारेमा छलफलका लागि बैठक तय भएको थियो ।

