Gold
Bangad salyan

आज थप १२४३ जना कोरोना भाइरसका संक्रमित फेला संक्रमितको कुल संख्या ६० हजार नजिक ,

असोज १,काठमान्डौ – नेपालमा आज थप १२४३ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको १०६४१ पीसीआर परिक्षणमा सो संक्रमित संख्या फेला परेको स्वस्थ्य मन्त्रालयले जनाएको हो।

तेस्तै आज देशभर १६२४१ हजार सक्रिय बिरामीको उपचार भईरहेको छ। ति मध्ये संस्थागत आईसोलेसनमा ७९०३ र ८३३८ होम आईसोलेसनमा रहेको प्रवक्ता जागेस्वर गौतमले जानकारी दिए।

विगत २४ घन्टामा १२४३ जना कोरोना संक्रमण मुक्त भएका छन् यो संगै नेपालमा हाल सम्म कोरोनलाई जित्नेको संख्या ४२९४९ पुगेको छ। यो कुल कोरोना संक्रमित संख्याको को ७२ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

तेस्तै गत पछिल्लो समयमा कोरोनाबाट ४ जनाको निधन भएको छ यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको हो।,आजको मिति सम्म नेपालमा कुल कोरोना संक्रमणको संख्या ५९ हजार ५७३ पुगेको छ।

तेस्तै नेपालमा आजदेखि खुलम खुल्ला बन्दा बदनि खुकुलो बनाएपछि गाँउ घरमा समेत कोरोना देखिन थालेकोले स्वास्थ्य मापदण्डको पालना गर्न मन्त्रलाले आग्रह गरेको छ।