Gold
Bangad salyan

बलात्कारपछि किशोरीद्वारा आत्महत्या प्रकरणमा दुई मुख्य आरोपी पक्राउ ,

असोज २ ,सप्तरी – १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार घटना लेनदेनमा मेलमिलाप गराउने निर्णय गरेका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका पञ्चायतीका ३ जनाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्धामा अनुसन्धान सुरु गरेको छ ।

पञ्चहरूले बलात्कारमा संलग्नबाट ५५ हजार रुपैयाँ तिराउने र प्रहरीमा उजुरी दिन रोक लगाएपछि डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुरकी ति बालिकाले गत भदौ २९ गते आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेकी थिइन् । २९ गते खेत जाँदै गर्दा उनलाई चार जनाले बलात्कार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार बलात्कारमा संलग्नमध्ये सुमनकुमार मण्डल र रञ्जित मण्डललाई बिहीबार राति नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।दुई आरोपी विष्णु मण्डल र धर्म मण्डल अझै फरार छन् ।

तेस्तै रकम लिएर बलात्कारीलाई उन्मुक्ति दिन लगाउने र प्रहरीमा उजुरी गर्न रोक लगाउने तीन जना पञ्चहरु ६५ वर्षीय जयकान्त मण्डल, ६० वर्षीय बासुदेव मण्डल र ५० वर्षीय सत्यनारायण मण्डलविरुद्व आत्महत्या दुरुत्साहन मुद्धामा अनुसन्धान सुरु गरिएको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

पञ्चायतीमा संलग्न अन्य पञ्च भने फरार छन् । उनीहरू सबैको खोजी भइरहेको प्रहरी निरीक्षक सन्तोष खड्काले बताए ।