Gold
Bangad salyan

गोरुसिङ्गे-सन्धिखर्क सडकखण्ड अवरुद्ध,

सचिन पाण्डे ,

असोज ८ ,काठमान्डौ – केहि दिन देखि परेको अविरल वर्षाका कारण गोरुसिङ्गे-सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ।

सडकखण्डको विभिन्न ठाउँमा स-साना पहिरो गईरहेका भएपनी दह खोलामा गएराति ठूलो पहिरो झरेको हो।

सडक अवरूद्द भएपछि आवागमन ठप्प भएको छ । मालवाहक, निजी तथा सार्वजनिक सवारी साधनहरू पनि बीच बाटोमा अलपत्र परेका छन् भने बिरामी बोकेका एम्बुलेन्स समेत रोकिएका छन् ।