Gold
Bangad salyan

सांसद बिष्टले गरे सहिद ऋषि शर्माको हत्या भएको स्थानमा नेकपाको वडा कार्यालय उद्घाटन ,

सहिद ऋषि शर्माको रगतको आहालवाट प्रदेश संबृद्धिको जग खडा हुने सांसद बिष्टको जिकिर ,,

असोज ९ ,काठमान्डौ – सुर्खेत क्षत्र नं १ ख भेरीगंगा ८ अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) कोे वडा कार्यालय उद्घाटन भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका नेता शहीद ऋषि शर्माको हत्या भएको स्थानमा नैं कर्णाली प्रदेशका सांसद ठम्मर बिष्टले पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद बिष्टले शहीद शर्माको हत्या भएको स्थानमानैं पार्टी कार्यालय उद्घाटन गर्न पाउँदा आफुलाई गौरवान्मित महसुर भएको बताए ।

साथै जनतालाई बिकास र संबृद्धीमा ठिक ढंगले जोड्न सकेमा वडा र पालीकाको बिकास मात्र होइन प्रदेशमानैं संबृद्धिको जग बन्ने र शहीदको सपना पुरा हुने उँहाको भनाई थियो ।

कार्यक्रमको बिशेष अतिथीको रुपमा बोल्दै कर्णाली प्रदेश सांसद खड्क खत्रीले पबित्र भावना लिएर मन बचन र कर्मले जनताको सेवा गर्नु पर्ने बताए ।

तेस्तै उक्त कार्यक्रममा जिल्ला तहका नेताहरु नन्दबहादुर कार्की,डण्डी शर्मा, ,नर बहादुर थापा, टिकाराम सुबेदी लगाएतले आ आफ्नो मन्तन्य राखेका थिए ।

वडा अध्यक्ष काँसीराम शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालक वडा सचिब रामबहादुर बिष्टले गरेका थिए भने कार्यक्रममा वडाका कार्यकर्ता एबं समर्थकहरुको बाक्लो उपस्थिती थियो ।