थप एकै दीन १५१३ जना संक्रमित थपिए १० जनाको मृत्यु ,
असोज १३ ,काठमान्डौ – आज नेपालमा थप १५१३ जना अकोरोना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा गरिएको १०,८९१ पीसीआर परिक्षणमा उक्त संख्या फेलापरेपछि हाल सम्म कुल ७६,२५८ जना कोरोना संक्रमित पुगेका हुन् ।
तेस्तै गत २४ घन्टामा ७३१ जान डिस्चार्ज भएका छन् यो विगतका दिनभन्दा निको हुनेको संख्या कम हो। हाल सम्म डिस्चार्ज हुनेको संख्या ५५,३७१ पुगेको हो।
तेस्तै नेपालका विभिन्न जिल्लामा गरि आज १० जनाको कोरोनाबाट मृत्यु भएपछि मृतकको संख्या ४९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आजको मिति सम्म देशभर २०३९६ जना कोरोनाका सक्रिय बिरामीको उपचार भईरहेको छ। ति मध्ये ९६८९ जना संस्थागत आईसोलेसनमा र होम आईसोलेसनमा १०७१० जना रहेका छन्।

