Gold
Bangad salyan

नेपालमा कोरोनाको महासंकट एकै दिन ३,४३९ स्वास्थ्य मन्त्रालय भन्छ अब थाम्न सकिदैन ,

असोज २१ ,काठमान्डौ – नेपालमा कोरोनाको महासंकट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज मात्र हाल सम्मकि उच्च ३,४३९ कोरोना संक्रमित देखिएका छन्। यो संक्रमण संख्या नेपालमा डरलाग्दो रहेको मन्त्रालय र जन स्वास्थ्यविज्ञ बताउछन।

यो संगै नेपालमा कुल कोरोना संक्रमित संख्या ९४,२५३ पुगेको छ। गत २४ घन्टामा जम्मा १,१२६ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएपछि हाल सम्म कोरोनाबाट निको हुनेको संख्या ६८,६६८ पुगेको हो।

मन्त्रालयका अनुसार आज मात्र १५ जनाको कोरोनाबाट म्म्रित्यु भएपछि हाल कुल कोरोनाबाट ५७८ जनाको निधन भैसकेको छ।