Gold
Bangad salyan

एसपी अधिकारिको तस्कर माथी एक्सन: एक पिकप गाडि सहित १६ लाख ४८ हजार ५ सय मूल्य बराबरको अबैध माल नियन्त्रण ,

असोज २२ ,नवलपरासी – नवलपरासी पश्चिम सशस्त्र प्रहरी बल नेपाल २६ नं गण सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारीले जिल्लामा आए देखि सिमा नाका तर्फ कडा निगरानी बढाएका छ्न।

भारत बाट नेपाल तर्फ विभिन्न किसिमका समान अबैध तरिकाले ल्याएको र तस्करहरुको ग्रुप सक्रिय रहेको सूचना पाउने बितिकै एसपी अधिकारीले अहोरात्र आफै फिल्डमा खटीएको बुझिएको पाइन्छ ।

एसपी अधिकारीले जिल्ला मातहत रहेको बिओपी युनिट इन्चार्ज हरुलाइ समेत तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन गरेका छ्न।

एसपी अधिकारी कै निर्देशनमा एक पिकअप प्याज लोड गरेको मालसहित १६ लाख ४८ हजार ५ सय मूल्य बारबरको अबैध मालसमान नियन्त्रण गरेका छ्न।

रातको समयमा विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिम बाट खटिएको मोबाईल टोलीले जिल्ला पश्चिम नवलपरासी सरावल गा.पा.-६ रामपुर खडौना स्थित बेवारिसे अवस्थामा रहेको प्रदेश ३-०१-०२२ च ३२०७ नं. को YODHA पिकअप गाडीमा लोड गरेको २७ क्वीन्टल प्याज बरामद गरी उक्त पिकअप गाडी सहितको सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी एव सूचना अधिकारी रोशन घिमिरेले बताए ।