जनक शिक्षा सामग्री केन्द्रले तोक्यो कक्षा ११ का किताबको मूल्य,
असोज २२ , काठमान्डौ – जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी भक्तपुरले कक्षा ११ को पाठ्पुस्तकको मूल्य तोकेको छ।
केन्द्रबाट अनुसार छपाइ भई विक्री वितरणमा आइरहेका कक्षा ११ को नेपाली र अंग्रेजी दुई विषयको पाठ्यपुस्तकको मूल्य निर्धारण गरिएको हो।
नेपाली कितावको मूल्य ६९ र अंग्रेजीको १२४ रूपैयाँ तोकिएको केन्द्रको भनाइ छ।
केन्द्रले तोकेको मुल्य अनुसारनै विक्री वितरण गर्न गराउन सरोकारवालाहरूलाई सूचना निकालेर जानकारी गराएको केन्द्रले जानकारी गराएको हो।

