Gold
Bangad salyan

नेपाली कांग्रेस निकट गुण्डा नाइके राधे भण्डारी पक्राउ,

असोज ,२३ ,काठमान्डौ – धादिङका गुण्डा नाइके राधे भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको हो ।

बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि अवैध तरिकाले बालुवा निकालिरहेका उनलाई जनप्रतिनिधिलाई त्यसलाई रोक्न आग्रह गरेका थिए ।

तर राधेले भने धम्कि दिएपछि गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुर दिएपछि राजे विरुद्द पक्राउ पुर्जी जारि भएको र उनलाई पक्राउ गरिएको धादिङ जिल्लाका डीएसपी लोकनाथ तिम्सिनाले बताए ।

गुण्डा नाईके भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन। गत जेठ २३ गते उनलाई प्रहरीले धादिङमा हातहतियार सहित पक्राउ गरेको थियो।

०७० साल २१ असारमा धादिङबाट राजधानी फर्किने क्रममा गुण्डा नाइके दिनेश अधिकारी (चरी) लाई गोली हानेपछिराधे चर्चामा आएका थिए । त्यसअघि चरी समूहका आयुप तामाङको समेत उनले हात काटिदिएका थिए ।

चरीलाई गोलि हानेको घटनामा उनलाई राजनीतिक दबाबमा डेढ लाख धरौटी तिरेर छुटेका थिए। चरी २०७१ साउन २१ गते भीमढुंगामा प्रहरी इन्काउन्टरमा मारिएका हुन् ।