नेपाल बन्यो कोरोना हट्स्पोट एकै दिन ५ हजार ८ जना कोरोना संक्रमित फेला ,
असोज २४ ,काठमान्डौ – नेपालमा आज एकैदीन ५ हजार ८ जनामा कोरोना संक्रमण देखिएपछि नेपाल हटस्पोटमा देखिएको छ। नेपालमा यति धेरै कोरोना संक्रमण फेला पर्नुले नागरिकलाई त्रसित बनाएको छ।
विगतमा दैनिक १ हुँदै सय बाट आज हजार नभई ५ हजार पार गर्नुले नेपालपनि ईटाली ,भारत जस्तै हुने होइन भन्ने आम नेपालीको चासो देखिएको छ।
स्वास्थ्य मन्त्रालयले १९,३२० जनाको पीसीआर परिक्षण गर्दा सो संक्रमित संख्या देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको हो।
तेस्तै संक्रमित निको हुनेको संख्या भने घटिरहेको छ आज जम्मा १,२२९ जना डिस्चार्ज भएपछि हाल सम्म कुल ७४,२५२ जना निको भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा भेटिनछ। देशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् ।
१७ हजार १६४ जना होम र १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
तेस्तै गत २४ घन्टामा कोरोनाबाट १४ जनाको निधन भएपछि कुल मृतकको संख्या ६१४ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको हो।

