कर्णाली प्रदेशको विवाद प्रधानमन्त्री ओलीले मिलाउनुपर्छ प्रचण्ड ,

फाईल तस्विर ,

असोज २६ ,काठमान्डौ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशको पार्टी विवाद मिलाउन प्रधानमन्त्री ओलीले मिलाउनुपर्ने बताएका छन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध कर्णाली प्रदेशका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। जसमा १५ जना पुर्वएमालेका सांसद छन् भने ३ जना पुर्वएमाओवादीका सांसद रहेका छन्।

तत्कालीन एमाले र माओवादी एकता हुनुअघि मुख्यमन्त्री भागवण्डा हुँदा कर्णाली प्रदेश माओवादीको भागमा परेको थियो। सोमबार ओलीसंग प्रचण्डको झन्डै १ घण्टासम्म वार्ता चलेको थियो।

कर्णालीमा अजे भयो राम्रो भएन यो प्रधानमन्त्रीलेनै मिलाउनुपर्छ प्रचण्ड श्रोतले भन्यो। तेस्तै महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसद यमलाल कँडेल प्रधानमन्त्री ओली निकटका हुन्।

उनी मुख्यमन्त्रीका आकांक्षी समेत हुन्। पार्टी एकताको काम टुंगो नलाग्दै विभिन्न गतिविधि हुनुले जनतामा राम्रो संदेश नजानेभन्दै प्रचण्डले प्रधानमन्त्री ओलीविरूद्ध असन्तुष्टि जनाएका थिए।

कर्णालीमा अविश्वासको प्रस्तावब दर्ता हुनुले ‘पार्टी एकता मर्मतविपरीत कार्य भएकोले यो मिलाउन प्रधानमन्त्रीलेनै पहलगर्नुपर्ने प्रचण्डले बताएको प्रचण्डको सचिवालय स्रोतले बताएको छ।

१८ सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न कर्णाली प्रदेशको नेकपा संसदीय दलको बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय भएको प्रदेश सांसदले बताए।