प्रतिनिधि सभा सांसद पहाडीको मृत्यु ,
असोज २८ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद सानु शिवा पहाडीको निधन भएको छ।
नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद शिवाको बुधबार उपचारका क्रममा काठमाडौंको मेडिकल कलेजमा निधन भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनी केही दिनअघि मेडिकल कलेजमा भर्ना भएकी थिइन्।
पहाडी जन कलाकार समेत हुन् ,उनको मृत्युको खबरले आफु दुखित भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

