ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसियो प्रधानमन्त्रिले आफैसंग राखे ,
असोज २८ ,काठमान्डौ – उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाईएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिमण्डल पुनर्गठनमा उनको नाम रक्षामन्त्रीको रुपमा समावेश छैन ।
उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । यस्तै ओली सरकारमा ३ नयाँ मन्त्रि थपिएका छन् ,।
जसमा महासचिव विष्णु पौडेलले अर्थ, नेता कृष्णगोपाल श्रेष्ठले सहरी विकास र लिलानाथ श्रेष्ठ महिला बालबालिका तथा जेष्ठ नागरिकको मन्त्री बनेका छन् ।
यस्तै यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रीहरुमा भने यथावत रहेका छन् ।

