मदनी मस्जिदमा भू माफियाको तारो तोडफोड गर्ने दुई जना पक्राउ ,
कार्तिक ८ ,काठमान्डौ – काठमान्डौको सुन्धारास्थित नेपाल मदनी मस्जिदमा तोडफोड गर्ने दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रत्नकाजी महर्जन र डोजरका चालक रहेको प्रहरीले बताएको छ । शनिबार बिहान मस्जिद तोडफोड गर्न लगाउने महर्जन र उनले खटाएका डोजर चालकलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए।
भूकम्पले क्षति ग्रस्त निर्माणधीन धरहराको ठिक पछाडि रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ।
यो मस्जिद एक सय वर्ष पुरानो रहेको र भू-माफियाको तारो समेत बनेको ज्ञवालीले बताए । मस्जिदलाई पनि २०७२ सालको भूकम्पले क्षतिग्रस्त पारेको छ ,यसलाई मुस्लिम समुदायले अस्थायी रूपमा संरचना बनाई प्रयोग गरिरहेका छन्।