नेपालका प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो रविन्द्र मिश्र ?
कार्तिक ९ ,काठमान्डौ – साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो भनें प्रश्न गरेका छन्।
आफ्नै पार्टीसंग कुनै छलफल नगरी प्रधानमन्त्री ओलीले गत ५ गते निवासमा रअ’ प्रमुख सामन्त गोयलसंग दुई घण्टा भेटघाट गरेका थिए ।
नेकापका प्रवक्ता नारायणकाजि श्रेष्ठले पनि प्रधानमन्त्री ओली र गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताएका छन् ।
यता मन्त्री ज्ञवालीले भारतीय गुप्तर प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिनिधिका रूपमा नेपाल आएको बताएका छन् ।यहि सन्दर्भमा मिश्रले मन्त्री ज्ञवालीलाई ८ प्रश्न सामाजिक सन्जालमार्फत् सोधेका छन् ?
उनको प्रश्न छ युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन?
ढाकछोपको पनि सिमा हुन्छ ,नेपालको स्वाभिमान यति तल्लो स्तरमा घरेको छैन ,यो देशमा भ्रष्टाचारमात्र होइन राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दै गएको मिश्रले जनाएका हुन् ।
‘सुसंस्कृत राजनीति भएको देशमा हो भने प्रधानमन्त्रीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको गम्भिर आरोपमा छानविन हुन सक्थ्यो ।
तर विडम्वनाको कुरा, भ्रष्टाचारमात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दैछ मिश्रले आफ्नो फेसबुकमा लेखेका छन् ।
यो देशमा देशमा प्रधानमन्त्री पररास्ट्रमन्त्रि छंकी छैनन् ,भारतीय प्रधानमन्त्रीको ‘प्रतिनिधि’ का रूपमा आएको हो भने दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय भयो कि भएन? परराष्ट्र मन्त्रालयसँग सम्मनवय भयो कि भएन? मिश्रले प्रश्न गरेका छन्।