बर्दिबासमा फेरी आन्दोलन चर्कियो गोलि चलाउन आदेश दिनेलाई बर्खास्तको माग ,
मङ्सिर १० ,काठमान्डौ – महोत्तरीको बर्दिबासमा निषेधाज्ञा लागू गरे पनि प्रदर्शन जारि छ। स्थानीय ६ वर्षीय बालिका गुलाब साह खातुनको बला,त्कार पछि ह,त्या प्रकरणपछि हिजो देखि गरिएको विरोध प्रदर्शन अझै जारि छ।
मंगलबार हत्यारालाई कारबाहीको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीको गोलि लागेर बर्दिबास–१ बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारको क्रममा मृ,त्यु भएको छ भने अन्य दुई जना गम्भीर घाईते भएका छन्।
प्रशाशनले पूर्वमा बर्दिवास नगरपालिका,१ रातुखोला, पश्चिममा वडा नम्बर ५ माईस्थान, उत्तरमा वडा नं ३ पाटुचोक र दक्षिणमा वडा नं ८ क्वाटर चोकलाई चार किल्ला कायम गरी निषेधाज्ञा लगाइएको जनाएको छ ।
प्रशाशनले निषेधाज्ञा गरेपनि गोलि लागेर मृत्यु भएकाबुद्धिराज न्यौपानेको लागि सडकमा प्रदर्शन भईरहेको छ।
बिहानैदेखि प्रदर्शन भईरहेको छ भने हत्यारालाई फाँसी दिनुपर्ने अन्यथा स्थानीयको जिम्मा लगाउनुपर्ने मृतक न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने माग शहित स्थानीयले प्रदर्शन जारि राखेका छन्।
बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षिय बैठकले आन्दोलनका घाइतेलाई उपचार र राहत दिनुपर्नेलगायत माग राखेका छन्। प्रदर्शनमा प्रदेश नम्बर २ का प्रदेशसभा सांसदसमेत रहेकी नेकपा नेतृ शारदा थापाको पनि सहभागिता छ।
आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने अन्यथा आन्दोलन नरोकिने समितिले जनाएको छ।
घटनाको छानबिन गर्न नेपाली कांग्रेसका नेता चिरञ्जीवि हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन भएको छ।