Gold
Bangad salyan

ओलीले भने म दुवै पद छाडदिन कसलाई के गर्ने मन छ गर्नु ,

मङ्सिर २० ,काठमान्डौ – प्रधानमन्त्री ओलीले आज वालुवाटारमा सचिवालय बैठकपछि भोलि बस्ने भनिएको स्थायी कमिटिको बैठक अस्विकार गरेका छन्।

आजको बैठकमा उपस्थिति भएका प्रधानमन्त्री ओलीलाई समितिका ९ जना सदस्यले दुवै अधय्क्षले अगाडी सारेका प्रस्तावमा छलफल हुने र भोलि १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटिको बैठक बस्ने जानकारी गरेका थिए।

सो विषयमा बैठकमा छलफल भएको र पार्टी प्रवक्ता नारायाणकाजि श्रेष्ठले सञ्चारमाध्यामलाई पनि बताएका छन्। भोलि आइतबार बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका पत्र र लिखित प्रस्तावहरु प्रस्तुत हुने कार्यसूची छ ।

सचिवालय बैठक बस्नु अगाडीपनि अधय्क्ष दोयको छलफल भएको थियो। तर आजको सचिवालय बैठकमा बस्दापनि ओलीले कुनै चित्त बुझ्दो जवाफ दिएनन ,जसले सजिलै सबै सदस्यले अनुमान गरे भोलि बैठकमा ओली उपस्थित पक्कै हुनेछन।

आजको बैठकको सुरुमा नेकपा अध्यक्ष प्रचण्ड बोलेका थिए ,सचिवालयमा आएका प्रस्तावहरु स्थायी कमिटिमा लैजाउ र छलफल गरौ गृहकार्य गरौ ,प्रचण्ड बोलेको लगतै झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठकमा छलफल गर्नु उपयुक्त हुने भन्दै प्रचण्डको भनाइमा सहमति जनाए ।

तेस्पछि प्रधानमन्त्री ओली बोलेका थिए ,उनले सबैलाई बल प्रयोग नगर्न आग्रह गरे ,उनले भने आजको बैठकमापनि बल प्रयोग भयो ,मलाई लगाईएको लाञ्छना पत्रको स्थायी कमिटि बैठकमा छलफल हुन्दैन तपाईहरुलाई पुग्यो होला मा सहमत छैन।

अहिले स्थायी कमिटि बैठक बस्ने एजेण्डा तयारिपनि छैन। लगतै माधव नेपालले ओलीको जवाफलाई प्रतिवाद गर्दै उँहामा आहंकार छ ,आफुले गरेको गल्ति स्विकार्ने भन्ने कुनै जवाफ छैन।

ओलीका क्रियाकलापमा मध्यनजर गर्दै सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव ल्याएपछि अध्यक्ष ओलीले १० दिनपछि त्यसको काउन्टरमा ३८ पृष्ठको बेग्लै प्रस्ताव ल्याएका छन् ।

प्रचण्डको प्रस्तावलाई ‘लाञ्छनापत्र’को संज्ञा दिँदै प्रधानमन्त्री ओलीले त्यसलाई खारेज गरेर प्रचण्डले माफी माग्नुपर्ने बताउँदै आएका छन् ।

तर अन्य सचिवालय सदस्यले भने प्रचण्डले ल्याएको प्रस्ताव सहि भएको र ओलीले प्रस्ताव स्वीकार गर्न अनुरोध गरेका छन्। तर ओली भने त्यो मान्न तयार छैनन् ,बल्कि आफुले दुवै पद नछोड्ने घुर्की लगाउदै आएका छन्।