प्रधानमन्त्री ओली बैठकमा आएनन पत्र पठाए ,यस्तो छ पत्र ,
मङ्सिर २१ ,काठमान्डौ – नेकपा स्थायी कमिटि बैठक स्थगित भएको छ ,आज आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठक मंसिर २८ सम्मलाई स्थगित भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने उपस्थिति थिएनन।ओली बैठकमा नआएपनि सम्बोधन गर्दै पत्र पठाएका थिए ,पत्रलाई बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर सुनाएका थिए।
ओलीले पत्रमा पुरानै कुरा दोहोर्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ओलीले नेकपा कार्यकारी अध्यक्ष दाहालको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्य नभएको भन्दै फिर्ताको अडान राखेका छन् । यस्तै, मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ लाई सरेको छ ।