अध्यादेश फिर्ता लिन तयार छु प्रधानमन्त्री ओली ,
पुष १ ,काठमान्डौ – विवादित अध्यादेश फिर्तालिन प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका छन्। बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ ।
स्थायी कमिटी बैठकको पूर्वअगावै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो ।
त्यही छलफलमा ओलीले अध्यादेश फिर्ता लिने र असन्तुष्ट समूहले विशेष अधिवेशनका लागि निवेदन दर्ता नगराउने सहमति भएको थियो ।
हिजोमात्र सरकारको सिफारिसका आधारमा संवैधानिक परिषद अध्यादेश २०७७ रास्ट्रपति विद्यादेवी भण्डारीले जारि गरेकी थिइन्।
अध्यादेश ल्याईएपछि केपी ओलीको चर्को आलोचना भएको थियो भने नेकपाभित्र असन्तुस्ट बढेको थियो।सोही अध्यादेशका कारण पार्टीभित्र र बाहिर सर्वोच्चमा रिट परेपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।