उखु किसान भन्छन ६ महिना लागेपनि आन्दोलन गर्छौ तर पैसा नलगी जान्नौ,
पुष २,काठमान्डौ – काठमाडौंमा आन्दोलनरत उखु किसानले आज पाचौं दिनपनि माईतीघर मन्डलामा आन्दोलन गरिरहेका छन ।
उनिहरुले ६ महिना सम्मपनि आन्दोलन गर्ने तर पैसा नलगी नजाने भन्दै प्रदर्शन गरिरहेका हुन । गत वर्ष पुस १८ गते सरकारले उखु किसान सघर्स समितीसंग गरेको वाचा पूरा गरि आफुहरुको बक्यौता रकम उपलब्ध गराउन किसानहरुको माग छ ।
पुष महिनाको रातमा किसानले धर्मशालामा रात कटाएर बिहान आउने र आन्दोलन गरिरहेका छन । चिनी उधोगीहरुले विगत ४ वर्षबाट आफुहरुको उखुको मूल्य नदिएको भन्दै आन्दोलन गरेका हुन ।
गत वर्षको पुस महिनामापनि सर्लाहीबाट किसानहरु काठमान्डौमा आएर आन्दोलन गरेका थिए , सरकारले किसानको पैसा खातामा पठाउने र पैसा नदिने उखु मालिकलाई कारबाही गर्ने बताए पछि उनिहरु फिर्ता भएका थिए ।
तर अझै सम्म आफुहरुले रकम नपाएको भन्दै किसानहरु पुनः आन्दोलित भएका हुन । २५ सय किसानहरुको उखु मालिक र सरकारबाट ९२ करोड लिन बाकी रहेको उनिहरु बताउछन भने सरकारले ६६ करोड किसानको बक्यौता रकम बाकी रहेको बताउछ तर उपलब्ध भने गराउन सकेको छैन ।