ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने दाहाल–नेपाल समूहको प्रस्ताव,
पुष ७ ,काठमान्डौ – नेकपा दाहाल नेपाल समूहको स्थायी कमिटि बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ। ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने दाहाल,नेपाल समूहको प्रस्ताव गरेको हो।
मंगलबार बबरमहलमा बसेको स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो। अहिले दाहाल नेपालको सोहिस्थानमा केन्द्रिय कमिटिको बैठक बसिरहेको छ। बैठकले केपी ओलीलाई कारबाही गर्ने समेत औपचारिक निर्णय गरेको रंग दर्पणलाई श्रोतले बताएको हो।
तेस्तै केपी ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेपछि दाहाल,नेपाल समूहले थप रणनीति तय गर्ने जनाइएको छ । ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ,केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी हिजाे मनाेनयन गर्नुभएकाे थियाे ।
मंगलबार बालुवाटारमा जारी आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले कायम रहेको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेका थिए । यो संगै रिक्त रहेका १९६ जना पछि थपिने बताईएको हो ।

