Gold
Bangad salyan

चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलको राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट ,

पुष १२ ,काठमान्डौ – नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गरेको छ ।

शितल निवासमा पुगेर प्रतिनिधि मण्डलले भण्डारीसँग साँझ ५ बजेदेखि ६ बजेसम्म भेट गरेको शितल निवास स्रोतले जनाएको छ। भेटमा कुन विषयमा कुराकानी भयो भन्ने बारेमा भने जानकारी भने गराइएको छैन।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजेतरि काठमाडौं आएको थियो। टोलेले भोलि प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम रहेको वालुवाटार श्रोतले जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेको सन्दर्भमा चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणमा आएको हो ।