प्रचण्ड-नेपाल समूहद्वारा केपी ओलीको कु विरुद्द दोस्रो चरणको आन्दोलनको घोषणा,
पुष १८ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) प्रचण्ड-नेपाल समूहले दोस्रो चरणको आन्दोलनको घोषणा सार्वजानिक गरेको छ। शनिबार पत्रकार सम्मेलन गर्दै समूहले पुस २० गतेदेखि २३ गतेसम्मका लागि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।
प्रतिगमनकारी काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई मिचेर संसद विघटनको प्रस्ताव गरेपछि देशभर आन्दोलन भईरहेको छ। अहिले केपी शर्मा ओलीको कु विरुद्द नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले समेत विरोध प्रदर्शन गरिरहेका छन्।
केपी ओलीको प्रतिगमन निरंकुशता फासिस्ट दमनले गर्दा अहिले नेकपा तिन धार भईसकेको छ जसको विरुद्द राजधानीमा आयोजित नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले नयाँ आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेका हुन् ।
यस्ता छन् संघर्षका कार्यक्रमहरु ,
– २०७७ पुस २० गतेसम्म गपालिका स्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला, संघर्ष सम्बन्धी अभिमुखिकरण कार्यक्रम।
– २०७७ पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन।
– २०७७ पुस २१ गते संघीय राजधानी र विभिन्न सहरी केन्द्रमा राजनीतिक पार्टीहरूसँग अन्तरक्रिया कार्यक्रम।
– २०७७ पुस २३ गते नागरिक समाजसँग व्यापक अन्तरक्रिया कार्यक्रम।
– २०७७ पुस २४ गते सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र। विरोधपत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने।
– २०७७ पुस २६ गते सडक संविधान वाचन-व्याख्या कार्यक्रम।
– २०७७ पुस २७ गते (सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १), २८ गते (प्रदेश २, गण्डकी र कर्णालीमा) र पुस २९ गते बागमतीमा बृहद कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रम।
– २०७७ पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँगाउँ, टोलटोलमा कालोझण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदम विरुध्द सबै वडामा व्यानर राख्ने कार्यक्रम।
– २०७७ पुस २९ गते निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता भेला।
– २०७७ माघ २ गते गते देशव्यापी सबै वडामा विरोध प्रदर्शन र सभा।
– २०७७ माघ ५ गते सबै पालिकामा विरोध प्रदर्शन र सभा।
– २०७७ माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्याली।
– २०७७ माघ १६ गते पाँचवटा प्रदेश (प्रदेश नं. १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा) मा विरोध प्रदर्शन र सभा। माघ १७ गते प्रदेश नं. २ मा विरोध प्रदर्शन र सभा।
– २०७७ माघ २२ गते वडा तहमा देशव्यापी मसाल जुलुस।
– २०७७ माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा।
– यस बीचमा उद्योग व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम र लेखक-कलाकार, सांस्कृतिककर्मी र बुध्दिजीवीको विशिष्ट प्रकारको कार्यक्रम आयोजना गरिने।