अनेरास्ववियूका कार्यक्रम सार्वजनिक प्रधानमन्त्रीका मन्त्रिलाई कालो झन्डा देखाउने देखि कलेजमा कालो ब्यानर ,
पुष २१ ,काठमान्डौ – प्रचण्ड नेपाल समूहको सम्बद्ध अनेरास्ववियूले केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
आज बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । आन्दोलनका कार्यक्रमहरुमा केपी ओलीका मन्त्रीहरुलाई कालो झन्डा देखाउने देखि उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन/सि्टी/लाठी जुलुस निकाल्ने छन्।
अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतका अनुसार
• पौष २१ गते – प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने।
. पौष २२ गते – उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन/सि्टी/लाठी जुलुस ।
पौष २३ गते – देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन ।
• पौष २४ गते – सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना ।
. पौष २५ गते -असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम ।
पीष २६ गते-बयलगाडा प्रदर्शन।
पौष २७ गते – प्रतिगमनको बिरुद्ध सडक कविता गीत / गजल कार्यक्रम गर्ने ।
• पौष २८ गते – सडक नाटक / सडक आर्ट ( स्ट्रिट वाल पेन्टिङ)
पौष २९ गते – सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शन गरिने छ,तेस्तै तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गरिने अनेरास्वियुले जनाएको हो।
कालापानी, लिपुलेकसहितको पाठ्यपुस्तक वितरण गर्न माग गरिने ,
यस्तै संसद विघटनमा विरोध प्रदर्शनका कार्यक्रमसंगै अनेरास्ववियूले संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न संघर्ष गर्ने निर्णय पनि अनेरास्ववियूले गरेको छ । कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौलता तत्काल अन्त्य गर्न दवावमुलुक कार्यक्रम सञ्चालन संगै कोभिड १९ का कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरि ढंगले लिइएको शुल्क खारेज गर्न आन्दोलन गरिने अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए ।