Gold

उखु किसानलाई फेरी धोका दियो सरकारले ,पून आन्दोलनको तयारि ,

Naumule Migrate

माघ ६ ,काठमान्डौ – उखु किसानलाई सरकारले दोश्रोपटक गरेको सम्झौतामा पूनम: धोका दिएको छ । माईतिघर मण्डलामा आन्दोलित भएका किसनलाई सरकारले किसानसँग सम्झौता गर्दै २१ दिनभित्र उखु किसानका सबै भुक्तानी दिने प्रतिबद्धता गरे पनि पूर्णरूपमा भुक्तानी पाउन सकेनन ।

किसानको बक्यौता रकम भुक्तानी गर्ने सरकारको यो दोश्रो वर्षको प्रतिबदता हो। किसानले चिनीमिल मालिकबाट पाउनुपर्ने ६५ करोडमध्ये ४३ करोड मात्रै भुक्तानी पाएका छन्। किसानले अझै २२ करोड पाउन बाँकी रहेको उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले बताए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको ८० प्रतिशत भुक्तानी भइसकेको दाबि गरेको छ। उद्योगी र मन्त्रालयले फेरि जालझेल गर्ने नियत देखाएको उनको भनाइ छ । ‘किसानको नाम, बुझाएको तौल र किसानको खातामा रकमको रेकर्ड मागेका छौं ।

कुन चिनी मिल उधोगीले कति दिए कति बाँकी ,

तर मन्त्रालयले दिएको छैन ,किसानले ५ लाख पाउनुपर्नेमा २ लाख मात्र पाएका छन् । भुक्तानीबाट हामी सन्तुष्ट छैनौं,’संघर्ष समितिका संरक्षक राकेश मिश्रले भने । हामीलाई पटक पटक आन्दोलन गर्ने रहर छैन ,सरकारले सहिसलामत किसानको पैसा दिए कसले आन्दोलन गर्छ र मिश्रले रंग दर्पणलाई भने।किसानको दाबीअनुसार अझै ४२ करोड भुक्तानी हुन बाँकी छ। तर, सरकारले साढे ३३ करोडको जिम्मेवारी लिन चाहेको छैन।

श्रीराम सुगर मिलले भुक्तानी गर्नुपर्ने ४० करोड ४७ लाख रुपैयाँमध्ये ३५ करोड ७५ लाख रुपैयाँ दिएको छ । इन्दिरा सुगर मिलले भने भुक्तानी गरेको छैन । यो मिलले ४ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने गृहले जनाएको छ । ‘

भुक्तानी नगर्ने उद्योगलाई पक्राउ पुर्जी जारी नै छ । जिल्ला प्रशासन कार्यालयले आ-आफ्नो काम गरिरहेका छन् । भइरहेको कारबाही प्रक्रियालाई थप अघि बढाइएको गृहमन्त्रालयले जनाएको छ।

Naumule Badhipahiro