Gold
Bangad salyan

प्रधानमन्त्री ओलीको सम्पति बैंकमा ४२ लाख , अरु सबै सम्पति श्रीमतिको नाममा ,,

जेठ ९ – सरकारले बुधबार आ -आफ्नो सम्पति विवरण बुझाउन आग्रह गरेसंगै ,  प्रधानमन्त्री ओलीले पनि आफ्नो सम्पति विवरण बुझायका छन्।

ओलीले आफ्नो एभरेष्ट बैंक लिमिटेडमा तलब भत्ता बापदको ४२ लाख भयको अरु सम्पति आफ्नो पत्नी राधिकाको नाममा भयको बतायाका छन् ।,

जस अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ मा साढे एक रोपनी जग्गामा बनेका तीन तले दुईवटा घर ओली पत्नी राधिका शाक्यको नाममा रहेको छ।

त्यसैगरी राधिकाकै नाममा झापाको पृथ्वीनगरमा आफैँले कमाएको १० कठ्ठा जग्गा रहेको पनि उल्लेख गरिएको छ । त्यसैगरी ओलीसँग स्वआर्जन गरेको करिब १८ तोला गरगहना पनि रहेको उल्लेख गरिएको छ ।

राधिकाकै नाममा माछापुच्छ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख रुपैयाँ रहेको पनि उल्लेख गरिएको छ । त्यसैगरी नेपाल राष्ट्र बैंककी प्रथम श्रेणीकी पूर्वअधिकृत राधिकाको नाममा सेयरका रुपमा २५ लाख रुपैयाँ राष्ट्रिय बचतपत्र पनि रहेको छ ।