Gold
Bangad salyan

प्रचण्ड – नेपाल समूहले बोलायो अचानक केन्द्रिय समिति बैठक ,,

माघ १८ ,काठमान्डौ – नेकपा प्रचण्ड – माधव नेपाल समूहले सोमबार आकस्मिक केन्द्रिय समिति बैठक बोलाएको छ। सो समुहको केन्द्रिय समिति बैठक सोमबार ११ बजेका लागि बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने बताईएको छ। तेस्तै नेकपाको आधिकारिकता विवादित निर्वाचन आयोगमा छ समूहले संसद् पुनर्स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा राखेको छ ।

नेकपा अहिले दुई धार बनेर चलिरहेको छ ,दुवै समूहले आ – आफ्नो आधिकारिता दाबी गरिरहेका छन् ।

तेस्तै निर्वाचन आयोगले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी नै आधिकारीक भएको निर्णयसमेत गरेको छ।

४ सय ४१ जनामध्ये आफूहरूसँग २ सय ९७ जना केन्द्रीय सदस्य रहेको प्रचण्ड-नेपाल पक्षको दाबी छ।

तेस्तै प्रतिनिधिसभा विघटनको विरुद्दमा अनेकपा प्रचण्ड – नेपाल समूहले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

प्रचण्ड नेपाल समूहले गत १४ गतेबाट माईतिघर मण्डलामा प्रतिगमनकाविरुद्द धर्ना कार्यक्रम जारि राखेको छ।तेस्तै २२ गते समूहले युवा जुलुस संगै बाईक र्याली गर्ने र २८ गते काठमान्डौमा विशाल जनसभा गर्ने बताएको छ।