Gold
Bangad salyan

विवादित नियुक्तिका दिनै अख्तियारका आयुक्त गणेशराज जोशीले दिए राजीनामा,

माघ २१ ,काठमान्डौ – अक्तियार दुरपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । विवादका बीच प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त गरेकैदिन जोशीले राजिनामा दिएका हुन्।

यसअघि बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्त गरेकी थिइन्। यसअघि राई आयोगमा सचिव थिए। सचिवभन्दा आयुक्त सिनियर हुन्छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरी आयुक्त जोशीले राष्ट्रपतिसमक्ष राजीनामा दिएको जानकारी दिएका छन् । यसअघि बुधबार विहान मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त तथा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई आयुक्त नियुक्त गरेकी थिइन् । प्रमुख आयुक्त राईले बुधबार नै पदभार ग्रहण गरेका छन् ।