भागरथीको बलात्कारीलाई फाँसीको माग गर्दै माईतिघरमा आन्दोलन ,
माघ २६ ,काठमान्डौ – भागरथी भट्टको बलात्कारिलाई कारबाहीको माग गर्दै युवा युवतीहरुले माईतिघर मण्डलामा प्रदर्शन गरेका छन्। आज ६ बजे उनीहरुले भागरथी भट्टलाई हार्दिक श्रदान्जली दिएर मैनबत्ति बाल्दै दिप प्रज्वलन गरेका थिए।
बलात्कारीलाई फाँसीको हुनुपर्ने ,वा बलात्कारीको लिङ्ग काट्नुपर्ने जस्टिस फर लेखेका प्याकार्ड बोकेर सहभागीहरुले चर्को नाराबाजी गरेका हुन् ।
सरकारविरुद्द सहभागीहरुले चर्को नाराबाजी गर्दै तत्काल भागरथी भट्टको बालात्कारीलाई पक्राउ गरि कारबाही हुनुपर्ने माग राखेका छन्। सरकारले निर्मला पन्तको बलात्कारीलाई अहिले सम्म समाउन नसक्दा यस्ता घटना दैनिक घटिरहेको उनीहरुले बताएका हुन्।
भूमिका भट्ट ,गीता महर लगायतका बलात्कारीलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै सहभागीले दबाब मुलक कार्यक्रम दैनिक गरिरहने समेत बताएक छन्। देशमा दैनिक जस्तो बलात्कारका घटना बढ्दापनि प्रधानमन्त्री ,गृहमन्त्रीले कुनै चासो नदिएको सहभागी युवा युवतीले बताएका हुन्।
गत बुधबार बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको सामुहिक बलात्कारपछि हत्या भएको थियो। सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्दै गरेकी उनि बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए। भट्टको विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो ।
#रंग दर्पण,