Gold
Bangad salyan

नेकपा नेता नारायणकाजी श्रेष्ठको तस्विर यसकारण बन्न पुग्यो भाईरल ,

माघ ३० ,काठमान्डौ – नेकपा प्रचण्ड–माधव समूहका नेता प्रवक्ता पूर्व उपप्रधानमन्त्री नारायाँकजी श्रेष्ठको तस्विर अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ।

गत २८ गते सो समूहले भृकुटीमण्डपमा प्रतिगमनकाविरुद्द सभा सम्पन्न गरेको थियो ,विरोध सभास्थलमा निस्किएको फोहोरको व्यवस्थापन सोही पार्टीका नेता कार्यकर्ताहरुले गरेका थिए।

जसमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत स्वयंसेवकको टोली खटिएको थियो । श्रेष्ठले सडक सफा गर्दै गरेको तस्विर अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ ,।यो भन्दा अगाडीका जति पनि गरिएका कार्यक्रममा कुनैपानी पार्टीका नेताले सडक सफा गरेका थिएनन बल्कि सडक फोहोर गर्ने गरेका थिए।

तर यो पटकको विरोधसभामा गरिएको फोहोर व्यवस्थापनमा नारायणकाजि श्रेठ आफै जुटेपछि अहिले उनको तस्विर भाईरल बनेको छ भने सबैले नेता होस् त यस्तो होस् भनेर चर्चा गरेका छन्।