Gold
Bangad salyan

जनमत कुल्चेर केपी ओली पशुपतिनाथमा पुजा गर्दैछन भगवानले माफ गर्दैनन् केपी बा ,नेपाल ,

फागुन ४ काठमान्डौ – नेकपा प्रचण्ड – माधव समूहका अध्यक्ष माधव कुमार नेपालले केपि ओलिसंग केपि फाउन्डेसन बाहेक केही नभएको जिकिर गरेका छन। प्रतिगमनकारी केपि ओलिले अहिले मदन भण्डारीको नाम भुलेर पशुपतिनाथको पछि लागेको पनि नेपालले बताए ।

लोकतान्त्रको हत्या गर्ने जनमत कुल्चनेलाई जति पुजा गरेपनी ध्यान गरेपनी पशुपतिनाथले क्षमा नगर्ने नेपालले बताए । केपि ओलिलाई अहिले सिङ्गो देशले धिक्कार गरिरहेको छ ओलिकै समूह असन्तुष्ट छ ,तेसैले उनलाई पशुपतिनाथले माया हैन सजाय दिने छन ।

तेस्तै अब नेकपा र वालुटारभित्र नभै केपि ओलिको गुट बाल्कोटमा हुने गरेको उन्ले बताए । केपिले पछिल्लो समय निर्वाचन आयोगलाई समेत धम्क्याउने गरेका छन । निर्वाचन आयोग भनेको स्वतन्त्र समवैधानिक हो तेसलाई धम्क्याउन मिल्दैन ।

कुनैपनि पार्टी र पार्टीको चिन्हमा विवाद आयोभने हेर्न पाउने निर्वाचन आयोगको विधानमा छ तेसैले धम्काउन मिल्दैन। बैठक बोलाउदा केपि ओलिलाई रिंगटा लाग्ने गर्छ , शाही सेनालाई अन्त्य गरि गणतन्त्र ल्याउदा ओलि दुलोमा पसेका थिए उनलाई समाबेशी मन्पर्दैन। उनलाई त केवल के पि बा भन्नेहरु मात्र मन पर्छ ।

तेसैले ४४१ जनालाई बोलाएर टाउको गिन्दा हुन्छ बहुमत हामी संग छ सुर्य चिन्ह हाम्रो हो केपि ओलिको चुनाव चिन्ह बयल्गाडा हो । यो बेला सबै नेपाली जन्ता मिलेर केपि ओलिलाई परास्त गर्नुपर्ने अन्यथा यस्ता धेरै केपि ओलि जन्मिने छन नेपालले भने ।

अहिले देशभरका जिल्ला टोलमा लोकतन्त्रको पक्षमा प्रदर्शन भैइरहेको छ केपि ओलिले देखेका छैन्न भने धरहरामा चडेर हेर्दा हुन्छ । जब सम्म केपि ओलिको परास्त हुदैन तब सम्म आन्दोलन भैइरहनेपनि माधव कुमार नेपालले बताए ।