Gold
Bangad salyan

प्रतिगमनकारी केपी ओलीलाई नारायणहिटी अगाडी युवासंघले गर्यो जुत्ता प्रहार ,

फागुन १० ,काठमान्डौ – नेकपाको प्रचण्ड–माधव समूह अन्तर्गत युवा अनेरास्ववियुले आज जुत्ता प्रहार गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार युवासंघले नारायणहिटी दरबार संग्रहालयअघि संसद् विघटनको विरोधमा प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेको हो ।

नारायणहिटी संग्रहालयअघि प्रतिगमनको प्रतीक बनाई जुत्ता हान्ने कार्यक्रममा प्रचण्ड–माधव अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङको समूहले चर्को नारबाजी समेत गरेको छ। उनीहरूले ‘प्रतिगमन मुर्दावाद’, ‘केपी तेरो पाराले दुःख पायो साराले’ लगायत नारा लगाएका थिए ।

प्रतिगमनविरुद्धका चरणवद्ध कार्यक्रमअन्तर्गत प्रतीक बनाएर जुत्ता हानिएको र आफुहरुलाई असंवैधानिक संसद विघटन कुनैपनि हालतमा स्वीकार्य नभएको सहसयोजंक तामाङ्गले बताए ।

सत्ता टिकाउन नारायणहिटीअघि गरेको प्रपञ्चको विरोधमा अनेरास्ववियुले सांकेतिक कार्यक्रम गरेको उनले बताए ।संसद् विघटन गलत भएको र यसले राजनीति र व्यवस्थालाई असर पुर्‍याएको उनको भनाइ छ ।

‘प्रतिगमनकारीलाई कानुनको पालना गर्न, जनताले दिएको जनमतको सम्मान गर्न, संवैधानिक गतिविधि नगर्न र जनताका पक्षमा काम गर्न त्यसका लागि प्रतिगमनका असफल मतियारहरूले पदबाट राजीनामा दिनका निम्ति आग्रह गर्न चाहन्छौँ,’ उनले भने ।