निर्वाचन आयोगले चुनावका लागि आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढायो ,
फागुन ११ ,काठमान्डौ – निर्वाचन आयोगले मध्यावधि चुनावका लागि आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढायको छ। आयोगले मतदानमा आवश्यक स्वस्तिक छाप, मतपेटिका स्टिकर, नमेटिने मार्कर लगायतका एक दर्जन बढी सामग्रीहरु खरिद प्रक्रिया अघि बढाएको हो ।
तेस्तै आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सात दिनको समयसीमा तोकेर बोलपत्र आह्वान गरिएको जानकारी दिए । आयोगले निर्वाचन सामग्री खरिदको बोलपत्र आह्वानको सूचना प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ प्रयोगजको विशेष परिस्थितिमा प्रकाशित गरिएको जनाएको छ ।
केहि दिन अगाडी केपी शर्मा ओलीले निर्वचन आयोगले देखिनेगरि काम नगरेको भन्दै आलोचना गरेका थिए ,जसको तिन दिनपछि आयोगले निर्वाचन सामग्री खरिद प्रक्रिया अघि बढाइएको पाईएको छ ।
सरकारले पुष ५ गते संसद विघटन गरेर आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको छ । केपी ओलीले असमैधानिक ढंगले संसदविघटन गरेपछि सर्वोच्च अदालतमा रिट परेको छ ,जसको फैसला आउन बानकी छ।

