म राजिनामा पत्र लेख्दिन अन्य बाटो अप्नाउछु प्रधानमन्त्री ओली ,
फागुन १७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले आफुले संसद विघटन गरेर ठिक काम गरेको बता एकाछन्। आफुलाई विभिनन ठाँउबाट काम गर्न असहजिलो बनाउने विभिन्न आयोगमा आआफ्ना मान्छे राख्न खोज्ने बिलो खोज्ने गरेपछि आफुले संसद विघटन गरेको हिमालय टेलिभिजनमा हिजो कुराकानी गर्दै बताएका हुन्।
आफुले संसद विघटन गरेपनि सर्वोच्चले पुन्स्स्थापना गरेको छ तर केपी ओलीले नैतिकताको हिसाबले राजिनामा दिनुपर्ने आम नेपालीहरुको चासो छ। तर ओलीले अहिले राजिनामा दिए देश खतरामा जाने भन्दै नदिने बताएका हुन्।
यसमा नैतिकता प्रश्न भने कुरा छैन म देश र जनताले कुर्सीमा बसालेको प्रधानमन्त्री हु कसैले घिसारेर निकाल्छौ भन्दै आगो बाल्ने गरेका छन्। म संसदीय दलको नेता पनि हु संसदमा मैले झन्डै एक सय बढी मत पाएको छु।
प्रधानमन्त्री फाल्ने संसदीय व्यवस्था होला दलिय व्यवस्था होला कसैले छोड भनेर छोड्ने म होइन अब २३ गते संसद सुचारु हुन्छ म संसदमा फेस गर्ने छु ,हटाउन मिल्ने भए तेही बाट हटाउदा हुन्छ उनले भने। तेस्तै आवस्यक परे विश्वासको मत लिन सक्ने पनि ओलीले बताए।
,तेस्तै प्रधानमन्त्री ओलीले संकट लगाउनु हुन्छ त भन्ने प्रश्नमा भने हास्दै अर्को बाटो भएको पनि बताए। यस्तै ओलीले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासंग आफ्नो राम्रो मित्रता रहेको तर आ आफु छुट्टै पार्टीबाट लोकतन्त्रको लागि लडिरहेको बताए।

